काठमाडौं। नेपालको चलचित्र क्षेत्रमा एउटा नयाँ प्रयासका रूपमा ‘एक्लो’ निर्माण हुँदैछ, जसले नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य राखेको छ। बेलायतबाट आएका निर्देशक प्रदीप शाहीको नेतृत्वमा चलचित्र अहिले वर्कसपमा व्यस्त छ।
शाहीले बेलायतमा फिल्म मेकिङको अध्ययन गरेका छन्। उनले यसअघि ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन्।
‘एक्लो’को वर्कसपमा नेपाली सिनेमा क्षेत्रका अनुभवी र चर्चित कलाकारहरू प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डिसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, दिया पुन लगायतका कलाकारहरू सहभागी छन्। यस चलचित्रको छायाङ्कन भदौको अन्तिम साताबाट सुरु हुने तयारीमा छ।
चलचित्र ‘एक्लो’ लाई साही प्रोडक्सन नेपालले निर्माण गर्दैछ, जसमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ।