काठमाडौं। कलाकार तथा चलचित्र निर्माता गणेश गिरी र सामाजिक व्यक्तित्व एकराज गिरीलाई मातृ शोक परेको छ। गिरीकी आमा कलावती गिरीको श्रावण ३१ गते ८१ वर्षको उमेरमा पोखरास्थित नेपाल मणिपाल कलेजमा उपचारका क्रममा निधन भएको हो।
गणेश गिरीले आमाको नाममा रहेको ‘कलावती फिल्म्स’ ब्यानरमा ‘पञ्चायत’ र ‘कोपिला’ फिल्म निर्माण गरेका थिए। उनले ‘आगो २’, ‘बर्बाद’, ‘सम्झिराख है’, ‘मा यस्तो गीत गाउँछु २’, ‘पञ्चायत’, ‘कोपिला’ लगायत दर्जन बढी चलचित्र र दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन्।
सामाजिक क्षेत्रमा सक्रिय एकराज गिरी अन्तर्राष्ट्रिय बागलुङ समाजका निवर्तमान अध्यक्ष, बागलुङ समाज स्पेनका संरक्षक, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक सचिव तथा लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष हुन्।