सामाजिक न्यायका लागि बनेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक



काठमाडौंः हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर भदौ २१ गते प्रदर्शनमा आउने चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर प्रस्तुत गरियो। ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता घटनामा कानुनको प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेस गर्छ।

निर्देशक सन्जोग राईले चलचित्र निर्देशन गर्न आफूले धेरै उतारचढाव पार गर्दै आएको बताए। पेसाले फोटोग्राफर भए पनि उनले बाल्यकालदेखिको सपना पूरा गर्न सिनेमा निर्देशनमा हात हालेको जनाए। सामाजिक न्यायको उद्देश्यसहित ‘देवी’को कथा तयार पार्ने समयमा उनलाई धेरैले कमर्शियल कथामा काम गर्न सुझाव दिएका थिए तर, समाजको वास्तविकता चित्रण गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेकोले यो चलचित्र बनाएको उनले बताए।

चलचित्र निर्माणमा मुख्य अभिनेत्री शिल्पा मास्केले पनि सह-निर्माताको रूपमा सघाएकी छन्। शिल्पाले यो चलचित्रले समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने भएकोले निर्माणमा सक्रिय भूमिका खेलेको बताइन्। 

क्राइम थ्रिलर जनरामा बनेको ‘देवी’ नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुने बताइएको छ। यसमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी लगायतका कलाकारको अभिनय रहेको छ। निर्माण एक्जिबिट स्टुडियो र बाँसुरी फिल्म्सको सहकार्यमा भएको हो। 

निर्देशक राईले अजय गौतमसँग मिलेर कथा लेखेका हुन् भने कार्यकारी निर्माता जावेद खान र सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा रहेका छन्। छायाङ्कन जोएल फ्रोमले गरेका हुन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu