चलचित्र ‘देववाणी’को गीत ‘तिमीलाई सधैँ भरी’ सार्वजनिक



काठमाडौं: बाबु साहेब बलामीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैँ भरी’ सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गीतलाई सार्वजनिक गरिएको हो। 

गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द र मनोहर सुनाम र सन्तोष प्रगाढको सङ्गीत छ। भारतका विभिन्न लोकेसनमा छायाङ्कन गरिएको यो गीतमा कुन्दन भारद्वाज र अनुजा लेप्चाको अभिनय देख्न सकिन्छ। 

मङ्सिर ७ गते रिलिज हुने यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिएको बताइएको छ। कुन्दन र अनुजाका साथै सुनिल थापा लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu