बालबालिकाले बेस्ट फ्रेन्ड हेर्न अभिभावक चाहिने



mero-best-frnd-video-song

जेठ ९ गतेबाट प्रदर्शनको तयारी मा रहेको चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । चलचित्र हेरिसकेपछी बुधवार सेन्सर बोर्डले चलचित्रलाई बालबालिकाहरुले अभिभावकको साथमा मात्र हेर्न पाउने प्रमाण पत्र दिएको हो ।

केहि दिन पहिले मात्रै सदस्य थप पछी पूर्णता पाएको बोर्डले चलचित्रमा समावेश कुनै दृश्य पनि कैची लगाएन । चलचित्रमा समाबेश केहि ‘खतरनाक’ दृश्यको कारण ‘पीजी’ सर्टिफिकेट पाएको चलचित्रको निर्माण युनिटले बताएको छ ।

प्रशन्न पौडेल निर्देशित ‘मेरो बेस्ट फ्रेन्ड’मा रेश मरहठ्ठा, प्रियंका कार्की, दिवस उप्रेती, केकी अधिकारी बिम्लेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका प्रियंका कार्की को यो डेब्यु चलचित्र हो ।

best-frnnd-certificate

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu