अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि



काठमाडौंः लोकप्रिय रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिवार आयोजित ग्राण्ड फिनालेमा कोच प्रमोद खरेलको टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै अनुया विजयी भइन्।

फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले अनुयालाई १० लाख रुपैयाँ नगद र प्रायोजकको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्रदान गरे। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

अनुयासँगै फाइनलमा प्रमोद खरेलको टिमबाट लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ तथा मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले प्रतिस्पर्धा गरेका थिए।

फिनालेमा कोचहरू र तिनका प्रतिस्पर्धीले मनमोहक साङ्गीतिक प्रस्तुति दिएका थिए। दर्शकले दिएको भोटको आधारमा विजेता छनोट गरिएको हो। भोटिङ लाइन शनिवार साँझ ७ बजेसम्म खुला थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu