‘रावायण’लाई मध्यपूर्व र मलेसियामा साथीभाइ इन्टरटेनमेन्टले रिलिज गर्ने



काठमाडौं। आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘रावायण’ले विदेशमा पनि आफ्नो बजार विस्तार गर्ने क्रममा महत्त्वपूर्ण सफलता हात पारेको छ। मध्यपूर्व र मलेसियाका प्रदर्शन अधिकार साथीभाइ इन्टरटेनमेन्टले महँगो मूल्यमा खरिद गरेको छ, जसले यो फिल्मप्रति अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च रुचि रहेको सङ्केत गर्छ।

निर्माण पक्षले विक्री मूल्य खुलासा नगरे पनि पछिल्ला दिनहरूमा सार्वजनिक गरिएको शीर्ष गीत, पोस्टर र टिजरले फिल्मप्रति दर्शकहरूको बढ्दो कौतुहलता र उत्साहको कारणले यो मूल्य उच्च भएको बताइएको छ।

यसको मुख्य भूमिकामा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक जस्ता लोकप्रिय कलाकारहरू रहेका छन्। ‘रावायण’लाई सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। निर्माता पूजा शर्मा र कार्यकारी निर्माता सुशन पाठक हुन्।

यो चलचित्रको नेपाल वितरण भने आरआर फिल्मसले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu