पूर्व मन्त्री भीम रावलद्वारा चलचित्र ‘बुलाकी’को प्रशंसा, ‘कर्णाली क्षेत्रको यथार्थलाई सशक्त चित्रण’



काठमाडौं। नेपाली चलचित्र ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ। पूर्व मन्त्री भीम रावलले यो चलचित्र हेरेपछि प्रशंसा गरेका छन्। 

रावलले चलचित्रले कर्णाली क्षेत्रको जारी प्रथा, सन्तान नभएकी महिलाले भोग्नुपर्ने प्रताडना र विपन्नताका कारण उत्पन्न हुने पारिवारिक सङ्कटलाई सशक्त र मार्मिक रूपमा चित्रण गरेको बताएका छन्। 

चलचित्रमा स्थानीय भाषाको प्रयोग भए पनि अङ्ग्रेजी उपशीर्षक राखिएकाले सबै दर्शकले सजिलै बुझ्न सक्ने व्यवस्था गरिएको छ। सामाजिक सञ्जालमार्फत रावलले चलचित्रले मन छुने कथा प्रस्तुत गरेको भन्दै निर्माण टिम र कलाकारहरूलाई बधाई दिएका छन्।

‘बुलाकी’ अघिल्लो नयाँ वर्षमा ‘जारी’ र ‘बिहे पास’सँगै रिलिज भएको थियो। तर, दुई दिनमै हलबाट उतारिएको थियो। हल व्यवसायीले फिल्मलाई विभेद गरेको भन्दै निर्माताले फिल्मलाई फिर्ता लिएका थिए। 

लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, र धनबहादुर राईजस्ता कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu