लोकार्नोमा नेपाली चलचित्रलाई ऐतिहासिक सफलता, ‘साम्बाला’ अभिनेत्री थिन्लेले जितिन् अवार्ड



काठमाडौं। नेपाली चलचित्र उद्योगले आज एक ऐतिहासिक सफलता हासिल गरेको छ। मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘साम्बाला’की मुख्य अभिनेत्री थिन्ले ल्हामोले ७७ औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयको लागि प्रतिष्ठित “बोक्कालिनो डिओर” अवार्ड जितेकी छन्। 

थिन्लेले यो अवार्ड जितेर दक्षिण एसियाली कलाकारका लागि एक नयाँ मापदण्ड स्थापना गरेकी छन्, जसले नेपाली फिल्म उद्योगलाई विश्व मञ्चमा अझ सशक्त रूपमा प्रस्तुत गरेको छ। 

यस चलचित्रमा थिन्लेले डोल्पाली महिला पेमाको भूमिका निभाएकी छिन्, जसले बहुपति प्रथाअनुसार विवाह गरेकी महिला पात्रको चुनौतीपूर्ण जीवनयात्रा र स्वतन्त्रताका लागि गरेको सङ्घर्षलाई पर्दामा उतारेकी छिन्। 

साम्बाला टीमले थिन्ले ल्हामोको यस सफलतामा गौरवान्वित भएको र यो अवार्ड नेपालका उदीयमान कलाकारहरूका लागि प्रेरणादायक क्षण भएको बताएको छ।

फिल्म साम्बालाका निर्देशक मीनबहादुर भामले यो अवार्ड थिन्ले ल्हामोको उत्कृष्ट अभिनय क्षमताको सम्मान भएको भन्दै नेपाली फिल्मकर्मीहरू, हिमाली क्षेत्रका सशक्त महिलाहरू र विश्व समुदायप्रति आभार प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu