यस्तो छ ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’



काठमाडौं। नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ। यो गीत राजधानीमा आयोजित एक कार्यक्रमका बिच शुक्रवार रिलिज गरिएको हो। चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।

विवाहको माहौललाई चित्रित गर्दै तयार पारिएको यस गीतमा मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र वसुन्धरा भुसाललगायतका कलाकारहरूलाई फिचर्ड गरिएको छ। कार्यक्रमका दौरान चलचित्रको टिजर पनि प्रदर्शन गरिएको थियो। 

गीतमा जयन जे वाइबाको सङ्गीत निर्देशन र शब्द रचना रहेको छ भने काली प्रसाद बास्कोटा र बबिना किराँतीले स्वर दिएका छन्। गीतको कोरियोग्राफी प्रदीप लामा र केबीका खत्रीले गरेका छन्।

‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा निश्चल र स्वस्तिमासँगै वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ। 

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र उनीहरूको पहिलो निर्देशकिय चलचित्र हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा उनका पति र निर्देशक निश्चल बस्नेतले सघाएका छन्। कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे हुन्।

यस चलचित्रमा विजय बरालले कास्टिङ डिरेक्टरको भूमिका निभाएका छन् भने नरेन्द्र मैनालीले छायाङ्कन गरेका छन्। चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका छन्। चलचित्रको प्रोडक्सन डिजाइन घनश्याम श्रेष्ठको रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu