दमदार एक्सनसहितको चलचित्र ‘१२ गाउँ’को टिजर रिलिज



काठमाडौं। बिराज भट्ट निर्देशित नेपाली चलचित्र ‘१२ गाउँ’को टिजर रिलिज भएको छ। दसैँको फूलपातीको दिन, अर्थात् असोज २४ गते, प्रदर्शनमा आउने यस चलचित्रप्रति यसको टिजरले दर्शकहरूमा उच्च अपेक्षा पैदा गर्ने पक्का छ।

टिजरमा बिराज भट्ट र उनका छोरा समीर भट्टको दमदार एक्सन प्रस्तुत गरिएको छ। बिराज भट्टले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको टिजरले प्रस्ट पार्छ।

समीर भट्टले यही चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन्। यस चलचित्रमा समीर भट्टको अभिनयमा डेब्यूले विशेष ध्यान आकर्षित गरिरहेको छ। यस चलचित्रमार्फत न्यान्सी खड्का र सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन्।

‘१२ गाउँ’मा बिराज, समीर, न्यान्सी, सनिशाका अलावा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जङ्ग शाही, भीष्म जोशी, सुलेमान शङ्कर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ।

अर्जुन पोखरेल र नीरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, तथा प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको यस चलचित्रको कथा बिराज भट्टले लेखेका छन् भने पटकथा र संवाद सन्तोष सरकारले लेखेका छन्।

असोज २४ मा यो चलचित्र दीपक-दीपाको ‘छक्का पञ्जा ५’र जितु नेपाल अभिनीत ‘ज्वाइँ साब’सँगै रिलिज हुँदैछ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu