गीत विवादमा दीपकराज गिरिको प्रतिक्रिया, “हावा जस्तो चलोस्, यो मुस्कान झर्ने वाला छैन”



काठमाडौं। नेपाली चलचित्र ‘छक्का पञ्जा–५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको केही दिनमै लोकप्रिय बनेको छ। दसैँको फूलपातीको दिन असोज २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने यो चलचित्रको गीतले सार्वजनिक भएको तेस्रो दिनमै १९ लाखभन्दा बढी भ्यूज पाइसकेको छ।

यो गीतको लोकप्रियतासँगै यसको शब्दलाई लिएर आलोचना पनि बढ्न थालेको छ। विशेष गरी, गीतमा प्रयोग भएका शब्दहरू ‘बिहे भएको छैन म, कुमार पनि हैन म’ र ‘बिहे भएको छैन म, कुमारी नि हैन म’ लाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। साथै, गायक शम्भु राईको गीत ‘वन पाखामा गाई चर्छ चर्दै, मैँ हुँ केटा मन पर्छ पर्दैन’सँग शब्द र सङ्गीतको प्याटर्न पनि मिलेको भनिएपछि निर्माता तथा अभिनेता दीपकराज गिरिलेले प्रतिक्रिया जनाएका छन्।

गिरिले गीतको एउटा तस्बिर शेयर गर्दै लेखेका छन्, “हावा जस्तो चलोस्, यो मुस्कान झर्ने वाला छैन।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu