पुनः प्रदर्शनमा आयो ‘बुलाँकी’



काठमाडौं। नेपाली चलचित्र ‘बुलाँकी’ पुनः प्रदर्शनमा आएको छ। अघिल्लो नयाँ वर्षमा चलचित्रहरू ‘जारी’ र ‘बिहे पास’सँग एकसाथ रिलिज भएको यो चलचित्र दुई दिनमै हलबाट उतारिएको थियो। त्यस समयमा हल व्यवसायीले फिल्मलाई विभेद गरेको भन्दै निर्माताले फिल्मलाई फिर्ता लिने निर्णय गरेका थिए।

यो चलचित्रले कर्णाली क्षेत्रको संस्कृति, जीवनशैली र सामाजिक समस्याहरूलाई मुख्य विषयवस्तु बनाएर कथा वाचन गरेको छ। यसले जारी प्रथा, बेरोजगारी, सन्तान नहुँदाको पीडा, र कर्णालीको सङ्घर्षपूर्ण जीवनलाई पर्दामा उतारेको छ। 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादुर राई लगायतका कलाकारहरूको अभिनय छ। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu