चलचित्र ‘ह्रस्व-दीर्घ’को प्रदर्शन मिति स्थगित



काठमाडौं। नेपाली चलचित्र ‘ह्रस्व-दीर्घ’को प्रदर्शन मिति स्थगित गरिएको छ। निर्मात्री तथा अभिनेत्री निता ढुङ्गानाले सामाजिक सञ्जालमार्फत असोज ३ गते तय गरिएको चलचित्रको रिलिज नहुने जानकारी गराएकी छिन्। 

ढुङ्गानाका अनुसार चलचित्रको सम्पादन कार्य हाल मुम्बईमा चलिरहेको छ र प्राविधिक रूपमा अझ उत्कृष्ट बनाउनका लागि केही थप समय आवश्यक भएकोले प्रदर्शन मिति पर सारिएको हो। 

ढुङ्गानाले लेखेकी छिन्, “असोज ३ मा प्रदर्शन गर्ने तयारी भइरहेको थियो। तर, मुम्बईमा रहेको प्राविधिक टिमले फिल्मलाई थप राम्रो बनाउन केही प्राविधिक कामहरू सम्पन्न गर्न थप समय माग गरेकाले उक्त मितिमा ‘ह्रस्व-दीर्घ’ प्रदर्शन गर्न असमर्थ भएका छौँ। वितरण कम्पनीसँग निरन्तर छलफल भइरहेको छ, र यथाशीघ्र नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौँ। यसले तपाईँहरूलाई पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौँ।”

यसको कारणले असोज ३ मा ‘ह्रस्व-दीर्घ’को प्रदर्शन स्थगित भएपछि सुशील श्रेष्ठ अभिनीत एक्सन चलचित्र ‘आउट ल’ र धिरज मगर र उपासना सिंह ठकुरीको ‘खुस्मा’ भने निर्धारित मितिमा नै प्रदर्शन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu