काठमाडौं। डकुमेन्ट्री लघु चलचित्र ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोही छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ। यस भिडियोमा चलचित्रका केही दृश्यहरू पनि प्रस्तुत गरिएको छ, जसले कथाको झलक दिन्छ।
गायक शिशिर योगीको आवाज र सङ्गीतमा तयार गरिएको यो गीत कवि अर्जुन पराजुलीको शब्दमा आधारित छ।
चलचित्रका निर्माता आनन्दराज शर्मा वाग्लेले ‘रित्तो गाउँ’ लाई विभिन्न चलचित्र महोत्सवहरू र विशेष शोहरूमार्फत प्रदर्शन गरेपछि कुनै ओटीटी प्लेटफर्ममा सार्वजनिक गर्ने योजना बनाएको जानकारी दिएका छन्।
‘रित्तो गाउँ’मा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको डकुमेन्ट्री भागमा देशभरका विभिन्न घटना र दृश्यहरू समेटिएको छ।
रामजी ज्ञवालीको लेखन र निर्देशनमा बनेको यो चलचित्रले युवा पलायनको कारणले रित्तिँदै गएको गाउँको मार्मिक कथा प्रस्तुत गर्दछ। ‘रित्तो गाउँ’ त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित छ।
गीत: