चलचित्र ‘देववाणी’ मङ्सिर ७ गते रिलिज हुने



काठमाडौं। बाबु साहेब बलामीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘देववाणी’ आगामी मङ्सिर ७ गते प्रदर्शन हुने भएको छ। बिहीबार निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गर्दै यो मिति तय गरेको हो।

पोस्टरमा प्रमुख कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ, जसले चलचित्रको प्रेमकथामा आधारित पक्षलाई उजागर गर्दछ। ‘देववाणी’ मा कुन्दन र अनुजासँगै अनुभवी अभिनेता सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ।

यसमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायाङ्कन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको सङ्गीत र बन्दे प्रसादको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu