दसैँ लक्षित चलचित्र प्रदर्शनमा चलचित्र सङ्घको एक्सन, कसरी पाउँछन् शो ?



काठमाडौं। दसैँको समयलाई लक्षित गर्दै नेपाली चलचित्र निर्माता र वितरकहरूले आफ्ना चलचित्रको प्रदर्शन मिति आफूखुसी घोषणा गर्न थालेपछि प्रदर्शकहरूको संस्था चलचित्र सङ्घ एक्सनमा जाने जनाइएको छ। यस विषयमा मिडियामा प्रतिक्रिया जनाउँदै सङ्घले चलचित्रहरूको शो बाँडफाँट चार प्रमुख आधारमा गरिने स्पष्ट पारेको छ।

सङ्घका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले मिडियामा बताए अनुसार, लगातार रिलिज मिति तोक्ने कार्यप्रति सङ्घको ध्यानाकर्षण भएको छ। यद्यपि, सङ्घले ‘मेरिट’को आधारमा मात्र शोहरू बाँडफाँट गर्ने निर्णय गरेको छ।

यदि चलचित्र सिक्वेल हो भने, अघिल्लो भागको बक्स अफिस प्रदर्शन र प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। यसअन्तर्गत, ‘छक्का पञ्जा’ जस्तो सफल सिक्वेलले प्रमुख स्थान पाउने अपेक्षा गरिएको छ। 

सिक्वेल नभएका चलचित्रहरूका लागि भने बजारीकरण र पब्लिसिटीको स्तरलाई मूल्याङ्कन गरिनेछ। यसमा कलाकारहरूको ख्याति, चलचित्रको जनरा, र गीत-सङ्गीत, टिजर तथा ट्रेलरको इन्टरनेट भ्युजको आधारमा पनि शोको बाँडफाँट गरिनेछ। 

चलचित्र सङ्घले केही दिनभित्रै यसबारे आधिकारिक निर्णय गर्ने जनाएको छ। 

असोजको विभिन्न मितिहरूमा थुप्रै नेपाली र विदेशी चलचित्रहरूको प्रदर्शन हुने तयारी भइरहेको छ। विशेष गरी असोज २४ गतेको फूलपातीको दिन ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र दक्षिण भारतको ‘कंगुवा’बिच चर्को प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu