‘नरसिंहा’मा सनिशा भट्टराई



काठमाडौं। दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘नरसिंहाः अवतार’मा कलाकारहरूको छनोट क्रमिक रूपमा हुँदैछ। चलचित्रको निर्माण पक्षले हालसम्म तीन मुख्य पात्रहरूको छनोट गरी फाइनल गरेको छ।

एक्सन र सामाजिक ड्रामा शैलीमा बन्न लागेको यस चलचित्रमा शीर्ष भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण पक्ष र सनिशाबिच लिखित सम्झौता भइसकेको छ। यद्यपि, चलचित्रमा उनले निर्वाह गर्ने भूमिकाबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन। आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको सनिशाले बताएकी छन्। ‘नरसिंहाः अवतार’ सनिशाको दोस्रो चलचित्र हो। दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी उनले डेब्यू गरेको चलचित्र ‘१२ गाउँ फूलपाती’ रिलिजको तयारीमा छ।

यो चलचित्रले हलचल मच्चाउने अर्को महत्त्वपूर्ण कारण यो चलचित्रमा अभिनेता राजेश हमालको लामो समयपछि कम ब्याक हो। लगभग आठ वर्षको अन्तरालपछि राजेश हमाल पुनः पर्दामा फर्किने हुँदा यस चलचित्रलाई लिएर दर्शकहरूमाझ विशेष उत्साह छ। यसले गर्दा ‘नरसिंहाः अवतार’ विशेष प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ।

यस चलचित्रमा अभिनेत्री नीति शाह पनि अनुबन्धित भइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu