सन्जु न्यौपानेको तीज गीत ‘आएन परदेशी’ सार्वजनिक



काठमाडौं। महिलाहरूको महान् पर्व तीज नजिकिँदै गर्दा यो पर्वको रौनकलाई झल्काउने गीतहरू एकपछि अर्को गर्दै बजारमा सार्वजनिक भइरहेका छन्। यसै क्रममा, गायिका सन्जु न्यौपानेले नयाँ तीज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन्। 

सुमन ‘बैरागी’ पण्डितको शब्द र सङ्गीतमा तयार भएको यस गीतमा सन्जु न्यौपानेले स्वर दिएकी छिन्। गीतको सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका हुन् भने मिक्सिङ विपिन आचार्यले गरेका छन्। यस गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले पनि आफ्नो आवाज थपेकी छिन्।

‘आएन परदेशी’ गीतको भिडियो स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन्। दुर्गा पौडेलको छायाङ्कनमा र नवीन घर्ती मगरको सम्पादनमा तयार भएको यस भिडियोमा सन्जु न्यौपाने, सजिना लामिछाने, सबिता पोखरेल, बेलीमाया पुलामी र मेनुका लामिछानेले अभिनय गरेका छन्।

गायिका सन्जु न्यौपानेले यसअघि पनि ‘धुरुधुरु’, ‘हे आमा’, ‘दर खान’, ‘टिकिया टलल’, ‘यसपालि तीजमा’, ‘लाहुरेले’ जस्ता तीजका गीतहरू बजारमा ल्याइसकेकी छन्। तीज गीतबाहेक उनले ‘लाहुर’, ‘चाँदी कहाँ होला’, ‘लामो कपाल’, ‘उमेर भा छैन’, ‘छोम्रोङ गाउँकी नानी’ लगायतका सयभन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छिन्। 

गीतकार सुमन ‘बैरागी’ पण्डितले यसअघि ‘शिरैमा शिरबन्दी’, ‘माइतीघरको’ जस्ता मौलिक तीज गीत सिर्जना गरिसकेका छन्। उनको लेखनमा आधुनिक, लोक, पप, चलचित्र शैलीका सयभन्दा बढी गीतहरू लोकप्रिय बनेका छन्। 

‘आएन परदेशी’ गीतले पनि तीजको मौलिक भावनालाई समेट्दै परदेशिएका नेपालीहरूको पीडा र त्यो पीडामा झल्किएको प्रेमलाई सजीव रूपमा प्रस्तुत गरेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu