प्रदीप र सौगातमा को हो पिताम्बर ?



काठमाडौं। निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार भइरहेको चलचित्र ‘पिताम्बर’को दोस्रो चरणको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुँदैछ। कलाकारहरूलाई भूमिकामा अझ घुलमिल हुन मद्दतको लागि छायाङ्कन अघि नै यसको वर्कसप चलिरहेको छ।

हालसम्म निर्माण टिमले मुख्य पात्र ‘पिताम्बर’ को भूमिका कसले निभाउने भन्ने रहस्यलाई सार्वजनिक गरेको छैन। निर्देशक चौलागाईंले हालै प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को मुख्य पात्र को हो भन्ने रहस्यलाई थप गरेकी छन्। उनले प्रदीप र सौगातमध्ये ‘पिताम्बर’ को प्रमुख पात्र को हो भन्ने प्रश्न उठाउँदै दर्शकहरूमा कौतुहलता बढाएकी छन्।

यसको कलाकार लाइनअपमा सौगात र प्रदीपसँगै आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, र विशाल पहारी जस्ता कलाकारहरूको पनि उपस्थिति रहेको छ। 

‘पिताम्बर’ को पहिलो चरणको छायाङ्कन नवलपरासीको त्रिवेणी धाममा शुभ मुहूर्त गर्दै सुरु भएको थियो। पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकालकारको छायाङ्कन भएको थियो। अब, प्रदीप खड्का र सौगात मल्ल सिनेमाको दोस्रो सेड्युलमा जोडिँदै छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu