फूलपातीमा बिराजको ‘१२ गाउँ’ पनि रिलिज हुने, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ सहित रोचक रिलिज



काठमाडौं। यसपालिको दसैँको फूलपातीमा तीन नेपाली चलचित्र एकैसाथ रिलिज हुने भएका छन्। जितु नेपाल अभिनीत ‘ज्वाइँ साब’ले रिलिज घोषणा गरेकै दिन मङ्गलवार बिराज भट्ट निर्देशित ‘१२ गाउँ’को मिति पनि तोकिएको हो। सो मितिमा यसअघि नै दीपक-दीपाको ‘छक्का पञ्जा ५’को रिलिज तोकिसकिएको छ।  

मङ्गलवार ‘ज्वाइँ साब’ले असोज २४ गतेलाई रिलिज तोकेपछि ‘छक्का पञ्जा’ टिमबाट छुटेका जितु नेपालको विषयमा तर्क वितर्क भएका थिए। यही बिचमा प्रतीक्षित एक्सन चलचित्र ‘१२ गाउँ’ले मिति तोके पछि यस पटकको दसैँ झनै खास बनेको छ। 

‘१२ गाउँ’ बिराज भट्टको निर्देशनमा बनेको चलचित्र हो, जसले नेपाली एक्सन फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य लिएको छ। बिराजका छोरा समीर भट्टको मुख्य भूमिका रहेको यस चलचित्रले नेपाली चलचित्र उद्योगमा समीरसहित अन्य नयाँ अनुहारहरूलाई पनि प्रस्तुत गर्दैछ। यसबाट न्यान्सी खड्का र सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन्।समीरले विगत १० वर्षदेखि भारतमा विभिन्न विधाहरूमा प्रशिक्षण लिँदै आएका छन्, जसले उनलाई एक्सन भूमिकामा विशेष आकर्षक बनाएको छ।

टिजरको लागि तयार पोस्टरमा रिलिज मिति सार्वजनिक गर्दै बिराजले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली एक्सन फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यस पटक ‘१२ गाउँ’ मार्फत मैले त्यो प्रयास गरेको छु।” यस चलचित्रमा बिराजको कथा, सन्तोष सरकारको पटकथा र संवाद लेखन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu