चलचित्र ‘जन्ते बाख्रो’को प्रमुख भूमिकामा असिफ शाह अनुबन्धित



काठमाडौं। प्रस्तोता तथा अभिनेता असिफ शाह नयाँ चलचित्र ‘जन्ते बाख्रो’मा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिएका छन्।

शाहले लेखेका छन्, “चलचित्र ‘जन्ते बाख्रो’मा मुख्य कलाकारको रूपमा अनुबन्धित भएको छु। सिमोस सुनुवार लगायत सम्पूर्ण टिमलाई धन्यवाद मलाई मौका दिएकोमा। दमदार स्क्रिप्ट लेख्नुहुने प्रदीप भारद्वाजलाई पनि धन्यवाद।”

यस चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन्। चलचित्रको कथा र पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् भने सन्तोष गौतम निर्माता हुन्।

केही दिन अघि मात्र चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो जहाँ, चलचित्र छिट्टै छायाङ्कनमा जाने उल्लेख गरिएको छ। सो पोस्टरमा छाता ओढेको र चस्मा लगाएको बाख्रोलाई कलात्मक ढङ्गले राखिएको छ।

पोस्टरको अवधारणा हेर्दा यो चलचित्र हास्य व्यङ्ग्यात्मक रहेको अनुमान गर्न सकिन्छ। पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu