आमाका गहना लगाउँदै मधुलाई राजेशको बिहे प्रस्ताव | फोटो फिचर



rajesh-madhu-1

[dropcap][/dropcap]रान सुनसरीकी मधु भट्टराईसँगको नौ बर्षको अफेयर पश्चात नायक राजेश हमालले मधुलाई बिहेको प्रस्ताव गरेका छन् । बुधवार साँझ राजधानीको होटल शंकरमा सञ्चारकर्मी तथा स्व. बाबुआमाको तस्विर साक्षी राखी बैबाहिक प्रस्ताव गरेका हुन् । मधुले मौन रुपमा हमालको प्रस्ताव स्विकार्दै बिहेको लागि राजी भएकी छिन् ।

rajesh-madhu-2

जेठ १४ गते रिसेप्सन पार्टीको मिति तोकिसकिएको छ तर बिवाह मिति भने पक्का भएको छैन । उक्त अवसरमा जेठको ९ या १० गतेमा एकदिन बिहे मिति तोकिने बताए । आफन्त जम्मा भइनसकेकोले मिति तोक्न बाँकी रहेको उनले बताए । राजेशले आफ्नी स्व. आमाका गहना मधुलाई लगाईदिएका छन् । आमाको इच्छा बुहारीलाई आफ्ना गहना दिने भएकोले बिशेष उपहार भन्दै मधुलाई गहना पहिर्‍याईदिएका हुन् ।

rajesh-madhu-3

पहिले-पहिले मधुको बारेमा बोल्ने अधिकार नभएको बताउने हमालले बुधवार भने मधुसँग अनुमति लिएर विगत बारे केहि खुलेका थिए । झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु-हमालको पहिलो भेट भएको थियो । पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् ।

rajesh-madhu-4

औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो । आफ्नै शैलीमा मधुसँग वैवाहिक सहयात्राका निम्ति औपचारिक प्रस्ताव राखेका हमालको बिहे चर्चाले बर्षौँदेखी चर्चा पाईरहेको थियो ।

rajesh-madhu-5
विवाह ठूलो स्वरूपमा नगरी पारिवारिक सदस्यलाई मात्र निम्त्याईने हमालले बताए । बुधवार मधुले भने केहि बोलिनन् । उनलै एकनाशले सबैकुरा सुनिमात्र रहिन् ।

rajesh-madhu-6

यसअघि आफ्नी प्रेमिकासम्बन्धी समाचार सार्वजनिक भए पनि उनले आफ्नो प्रेम सम्बन्धलाई नितान्त निजी र गोप्य राख्दै आएका थिए । ज्योतिषीले केही बाधा भएकाले सन् २०१४ वा विसं. २०७१ मा विवाह गर्न उपयुक्त भएको सुझाव दिएका थिए ।

rajesh-madhu-7

rajesh-madhu-8

rajesh-madhu-9

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu