‘नमेटिने घाउ’का नयाँ पोस्टरमा पूर्व मन्त्री पौडेल र सांसद शाही



काठमाडौं। चलचित्र ‘नमेटिने घाउ’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहेको छ भने अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसँगै चलचित्रका मुख्य कलाकारहरूलाई समेटिएको छ।

रमित ढुङ्गानाको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरलाई पहिले नै दर्शकहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। एसिड सर्भाइभरहरूको वास्तविक जीवन कथामा आधारित यो चलचित्र आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। ‘नमेटिने घाउ’ ले एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कहालीलाग्दो जीवनलाई पर्दामा उतार्ने प्रयास गरेको छ। 

शिवम अधिकारीले लेखेको यस चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा लगायतका नयाँ र पुराना कलाकारहरूको सम्मिश्रण देख्न पाइनेछ। मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ भने सुरवीर पण्डित र सुनिल कटुवाल जस्ता पुराना अनुहारहरूको उपस्थिति पनि चलचित्रमा रहेको छ।

विशेष आकर्षणको रूपमा, चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद द्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ। यसका अलावा, प्रहरी उपरीक्षक द्वय बालनर सिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जे.आर शर्मा लगायतको अभिनय रहेको छ।

एसिड आक्रमणको जघन्य अपराध र त्यसले पीडितको जीवनमा पारेको गहिरो प्रभावलाई प्रस्तुत गर्ने यो चलचित्रले समाजलाई सन्देश दिने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu