फूलपातीमा दीपक-दीपा र जितु नेपालको चलचित्र एकसाथ रिलिज हुने



काठमाडौं। यसपालिको दसैँको फूलपातीमा दीपक-दीपाको चलचित्र ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनीत ‘ज्वाइँ साब’ एकसाथ रिलिज हुने भएका छन्। ‘छक्का पञ्जा’ फ्रेन्चाइजको पाँचौँ संस्करण रहेका कारण दर्शकबिच निकै प्रतीक्षित छ, जसलाई दसैँको लामो बिदाको समयमा रिलिज गर्ने तयारी भएको छ।

यता, वसन्त निरौलाको निर्देशनमा बनेको र जितुको प्रमुख भूमिका रहेको चलचित्र ‘ज्वाइँ साब’ पनि असोज २४ गते फूलपातीबाट देशभरका हलमा प्रदर्शन हुने पक्का भएको छ। निर्माण टिमले हालै मात्र फस्ट लुक सार्वजनिक गर्दै यो निर्णयको घोषणा गरेको हो। यसमा जितु र नीति शाह मुख्य भूमिकामा छन्। यसको पोस्ट प्रोडक्शनको काम अन्तिम चरणमा छ भने एक गीतको मात्र छायाङ्कन गर्न बाँकी रहेको छ।

जितु नेपाल, जो ‘छक्का पञ्जा’ फ्रेन्चाइजसँग आफ्नो पहिचान बनाएका कलाकार हुन्, अहिले अन्य टिमसँग काम गरिरहेका छन्। यस पटक उनी ‘ज्वाइँ साब’ मार्फत दर्शक सामु आउँदै छन्। ‘छक्का पञ्जा’ टिमबाट अलग्गिएर अन्य टिमसँग फिल्म खेलिरहेका जितु नेपालको यो कदमलाई चासोको रूपमा हेरिएको छ। निर्माण पक्षले दसैँको लामो बिदाको फाइदा उठाउँदै, दुवै फिल्मलाई एकै समयमा रिलिज गर्ने योजना बनाएको देखिन्छ।

‘ज्वाइँ साब’को निर्माता तथा निर्देशकहरूले ‘छक्का पञ्जा ५’ को मिति हेरेर नै आफ्ना फिल्मको प्रदर्शन मिति तय गरेको गसिप छ। यसले दुवै चलचित्रको समानान्तर रिलिज भन्दा पनि भिडन्तको रूप बुझाउँछ। यो कदमलाई लिएर निर्माता निर्देशकले भन्दा बढी जितु नेपालले दर्शक र मिडियाका निकै प्रश्नहरूको सामना गर्नुपर्ने हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu