‘छक्का पञ्जा ५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक



काठमाडौं। चलचित्र ‘छक्का पञ्जा ५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको छ। यस गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ भने दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्माकै सङ्गीत रहेको छ।

सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार भएको यस गीतको भिडियोमा चलचित्रका शीर्ष अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटीलाई प्रेम सम्बन्धमा देखाइएको छ। कहिले यो जोडी दुलहा-दुलही बनेर प्रस्तुत भएको छ भने कहिले क्लबमा नाच्दै देखिएका छन्। भिडियोको अन्त्यमा चलचित्रका अर्का प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि देखिन्छन्।

‘छक्का पञ्जा ५’ यसपालिको दसैँको फूलपातीको दिन असोज २४ गते देखि प्रदर्शनमा आउँदै छ। चलचित्रकी निर्देशक दीपाश्री निरौला हुन्। चलचित्रमा निर्मल शर्मा, तेज गिरीसहित अभिनेता आर्यन सिग्देल केमियो भूमिकामा छन्।

यसको छायाङ्कन हरि हुमागाईँले गरेका हुन्। दीपकराज गिरीले चलचित्रको पटकथा लेखेका छन्, जसमा केदार घिमिरे र दिलीप तामाङले उनलाई कथा र संवादमा सहयोग गरेका छन्। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र विपिन मल्लको सम्पादन रहेको छ।

‘छक्का पञ्जा’को अघिल्ला चार वटै शृङ्खला सुपर हिट भएका थिए र पाँचौँ शृङ्खलाले पनि सोही सफलता दोहोर्‍याउने विश्वास गरिएको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu