चलचित्र ‘बुलाँकी’ को नयाँ गीत सार्वजनिक



काठमाडौं। यही साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाँकी’ को नयाँ गीत सोमबार सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता बिराज विष्ट फिचर्ड छन्। गीतमा बाबुल गिरीको सङ्गीतमा करण परियार र अन्नु चौधरीको सुमधुर स्वर सुन्न पाइन्छ।

‘बुलाँकी’ छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण, राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको हो। यस चलचित्रमा प्रमुख भूमिकामा अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का, बिराज विष्ट र नव कलाकार सरस्वती खत्री रहेका छन्। शिव ढकालको छायाङ्कन रहेको यस चलचित्रमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल र सोनु सेढाइ लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu