कतारमा हिरोको साथमा निर्माताको कहानी देखाइदै



shyam-aryal

चलचित्र नगरी भित्रकै कथा बोलेको चलचित्र ‘प्रोड्युसर’को कतारमा बिशेष सो हुने भएको छ । आउँदो मई २३ तारिकको दिन कतार स्थित ‘ग्योलोवल सिनेमा हल’मा रहेका नेपालीहरुमाझ यो चलचित्र देखाईने भएको हो ।

यसको लागी काठमाडौंबाट कतार पुगेका चलचित्रका नायक श्याम अर्याल यतिबेला चलचित्र ‘रिलेटेड’ कार्यक्रममा नै व्यस्त छन् । बिशेष सो मा नायक श्यामसँगै दर्शकले चलचित्र हेर्न पाउने भएका छन । आरसी पिक्चर्स प्रालीको व्यानरमा तयार यो चलचित्र जनकदीप पराजुलीको निर्देशनमा तयार भएको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई राजकुमार राईने निर्माण गरेका हुन् ।

producer-hasi-khusi
‘कमेडी बेस’मा तयार यो चलचित्रमा श्यामसँगै बाबु बोगटी, श्वेता भट्टराई, विक्सनविक्रम राई, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा नायक नायिका बन्न युवायुवतीले गर्ने संघर्षको कुरालाई व्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu