के ‘नरसिंहा’मा राजेश हमाल र नीति शाहको जोडी बाँधिन्छ ?



काठमाडौं। दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी चलचित्र ‘नरसिंहाः अवतार’बाट अभिनेता राजेश हमालको कम ब्याक हुने भएपछि यो चलचित्र घोषणादेखि चर्चामा छ। यसै चलचित्रमा नायिका नीति शाहको भूमिका पनि पक्का भएको छ, जसको लुक्स हालै सार्वजनिक गरिएको छ।

सार्वजनिक लुक्समा नीतिलाई महँगो पहिरन र गहनामा सजिएको देख्न सकिन्छ, जसले चलचित्रमा उनको भूमिकालाई अझै रहस्यमय बनाएको छ। निर्माण पक्षले भने नीतिको भूमिकाबारे केही खुलासा गरेको छैन। तर पनि राजेश हमाल र नीति शाहको जोडी बाँधिने खबरले दर्शकहरूमा उत्सुकता थपेको छ। यो जोडीले चलचित्रमा कस्तो भूमिका निभाउने हो भन्ने कुराले अहिले सबैलाई प्रतीक्षामा राखेको छ।

चलचित्र ‘नरसिंहाः अवतार’ को थिमले भगवान् विष्णुको उग्र रूपलाई चित्रण गर्नेछ, जसमा युद्ध र शान्तिको द्वन्द्वलाई मुख्य विषय बनाइएको छ। चलचित्रको घोषणा सँगै सार्वजनिक गरिएको थिम पोस्टरले आगो र पानीको प्रतीकात्मकता मार्फत यो द्वन्द्वलाई दर्साएको छ।

आगो र पानीले एउटै स्थानमा सँगै टिक्न नसक्ने तथ्यले चलचित्रमा भरपुर एक्सन र रहस्यम रहने सङ्केत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu