शाहरुखले वृद्धलाई धकेलेको भिडियो भाइरल, सञ्जालमा ‘शेम अन यु शाहरुख’ ट्रेन्डिङ



बलीवुडका चर्चित अभिनेता शाहरुख खान हालै स्विट्जरल्यान्डमा आयोजना भइरहेको ७७औँ लोकार्नो फिल्म महोत्सवमा सहभागी भएका थिए। उनलाई यस महोत्सवमा पार्डो अल्ला कैरियरा अवार्डद्वारा सम्मानित गरिएको छ। सो क्रममा रेड कार्पेटको एउटा भिडियो भाइरल भएपछि शाहरुख खान विवादमा परेका छन्। उक्त भिडियोमा शाहरुख खानले रेड कार्पेटमा हिँड्ने क्रममा एक वृद्ध व्यक्तिलाई धकेलेको देखिएको छ। यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘शेम अन यु शाहरुख’ ट्रेन्डिङ भइरहेको छ।

ब्ल्याक सूटमा सजिएर फिल्म महोत्सवमा उपस्थित भएका शाहरुख खानले आफ्नो हात पेन्टको खल्तीमा राख्दै पोज दिइरहेका थिए। त्यस क्रममा, उनले नजिकै उभिएको एक व्यक्तिलाई आफ्नो फोटोमा आउन लागेको देखे। शाहरुखले उक्त व्यक्तिलाई क्यामेराको फ्रेमबाट हटाउन आफ्नो हातले पछाडि धकेले। त्यसपछि उनले पुनः पोज दिन थाले।

शाहरुख खानको यो भिडियो एक्स (पूर्व ट्विटर) प्लेटफर्ममा अत्यधिक भाइरल भएको छ। ट्रोलहरूले ‘शेम अन यु शाहरुख’ ह्यासट्यागको साथमा शाहरुखमाथि वृद्ध व्यक्तिसँग नराम्रो व्यवहार गरेको आरोप लगाइरहेका छन्।

एक प्रयोगकर्ताले भिडियो साझा गर्दै लेखेका छन्, “उसले वृद्ध व्यक्तिलाई धक्का दियो, लाजमर्दो।” अर्कोले लेखेका छन्, “मलाई सधैँ थाहा थियो कि ऊ जति राम्रो बन्ने कोसिस गर्छ, उति राम्रो छैन।”

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu