‘मृत्यु कोश’को गीत: जीवनको अन्तिम चरणमा भोगिएका चुनौतीहरूलाई पर्दामा उतार्ने प्रयास



काठमाडौं। चलचित्र ‘मृत्यु कोश’ को लागी ‘बेवारिसे हुनु पर्ने लासै हुँदा पनि’ बोलको शीर्ष गीतको रेकर्डिङ अमेरिकाको बाल्टिमोरस्थित आरएल साउन्ड एन्ड लाईट्स स्टुडियोमा सम्पन्न भएको छ। चलचित्रकी निर्माता कमला जोशीका अनुसार, यो गीतलाई प्रा. डा. कृष्णहरि बरालले लेखेका हुन्, र सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन्। गायक रुद्र शेखर शर्माले यस गीतमा आफ्नो स्वर दिएका छन्, जसले नेपाली चलचित्रको लागि पहिलो पटक आवाज दिएका हुन्।

विविध भाषा र जनराका गीतहरूमा आफ्नो आवाज दिँदै आएका गायक रुद्र शेखर शर्मा, यस पटक नेपाली चलचित्रको लागि स्वर दिन पाउँदा निकै उत्साहित देखिए। उनले प्रा. डा. कृष्णहरि बराल र सङ्गीतकार सन्तोष श्रेष्ठ जस्ता प्रतिष्ठित सर्जकहरूसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेका छन्।

‘मृत्यु कोश’ ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको छ, जसको लेखन र निर्देशन माधव राज खरेलले गरेका हुन्। चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, र अन्य धेरै कलाकारहरूको अभिनय देख्न पाइनेछ। चलचित्रको पहिलो चरणको छायाङ्कन काठमाडौं, ललितपुर, र नुवाकोटका विभिन्न स्थानहरूमा सम्पन्न भएको छ। दोस्रो चरणको छायाङ्कन भने भाद्र महिनाको दोस्रो साताबाट सुरु हुने तयारी छ।

चलचित्रको शीर्ष गीतको सङ्गीत संयोजन राजेन्द्र बजगाईँले गरेका छन्, भने अर्को गीत “भुल भुलैया,” जसलाई डी. आर. राईले लेखेका र सन्तोष श्रेष्ठले सङ्गीत गरेका छन्।

‘मृत्यु कोश’ ले जीवनको अन्तिम चरणमा एक व्यक्तिले भोग्नुपर्ने कठिनाइहरूलाई प्रस्तुत गर्ने उद्देश्य राखेको छ। निर्देशक खरेलका अनुसार, पछिल्लो समय नेपाली समाजमा वृद्ध वृद्धाहरूले अनुभव गर्ने समस्याहरू, विशेष गरी युवाहरूको प्रवास पलायनको प्रभावलाई चलचित्रले उजागर गर्नेछ। यो फिल्मले सामाजिक चेतनाको सशक्त सन्देश दिने प्रयास गरेको छ।

ईरा प्रोडक्सनकै ब्यानरमा निर्माण भएको र खरेलको निर्देशनमा बनेको अर्को चलचित्र ‘चिठ्ठी’ पनि प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu