‘बुलाँकी’को प्रचार शैली: सडक नाटकमार्फत दर्शकसँग प्रत्यक्ष संवाद



काठमाडौं। चलचित्र ‘बुलाँकी’ यही साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको छ। निर्माण टिमले अहिले यसको प्रचार अभियानलाई एक अनौठो शैलीमा अघि बढाइरहेका छन्। डिजिटल र मिडिया प्लेटफर्ममार्फत दर्शकलाई आकर्षित गर्ने प्रयाससँगै, सिधा दर्शकसँग प्रत्यक्ष संवाद गर्ने रणनीति अपनाइएको छ।

अहिले राजधानीका विभिन्न भागमा पुगेर सडक नाटक, नृत्य, र गायनमार्फत चलचित्रको कथा प्रस्तुत गरिरहेको छ। यस प्रचार अभियानले स्थानीय दर्शकबाट बलियो साथ पाउँदै आएको छ। विशेषतः बिहीबार ललितपुरको लगनखेलमा सयौँ दर्शकको उत्साहजनक उपस्थिति देखियो, जहाँ टोलीले चलचित्रको कथावस्तु र प्रदर्शन मिति जानकारी गरायो।

निर्माता तथा कलाकार बिराज विष्टका अनुसार, ‘बुलाँकी’ को टोलीले टोल-टोलमा पुगेर चलचित्रको कथावस्तुको सन्देश पुर्‍याउन र दर्शकलाई हलसम्म ल्याउन नयाँ तरिकाहरू अपनाएको छ। प्रचार अभियानले खराब मौसमका बाबजुद पनि निरन्तरता पाएको छ र काठमाडौंका १८ भन्दा बढी स्थानमा यो प्रस्तुति गरिने उनको भनाई छ। निर्देशक लक्ष्मण सुनारले मुख्यतया भिडभाड हुने ठाउँहरू बसपार्क, पार्क, शान्ति वाटिका, भृकुटीमण्डप, खुल्ला मञ्च, वसन्तपुर, र पाटनमा कलाकारसहित प्रत्यक्ष साक्षात्कारको योजना रहेको जानकारी दिएका छन्।

चलचित्र ‘बुलाँकी’ ले पश्चिम नेपालको एक प्रचलित सामाजिक प्रथाको कथा उठान गरेको छ। यसको प्रमुख भूमिकामा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट र नव अभिनेत्री सरस्वती खत्री रहेका छन्, साथमा लक्ष्मी गिरी, सुशील पोखरेल र रमेश बुढाथोकीजस्ता कलाकारको अभिनय देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu