पार्श्व गायनमा समिक्षा अधिकारीको सफलता र सक्रियता



काठमाडौं। गायिका समिक्षा अधिकारी पछिल्लो समय नेपाली चलचित्रमा पार्श्व गायनमा आफ्नो दमदार उपस्थिति जनाउँदै अघि बढिरहेकी छन्। उनका गीतहरू एकपछि अर्को सुपर हिट भइरहेको छ, जसले गर्दा उनी नेपाली चलचित्र सङ्गीतको महत्त्वपूर्ण नाम बनिसकेकी छन्।

समिक्षाको पछिल्लो सफलताको कुरा गर्दा, चलचित्र ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले, बुझाइदेऊ कसैले’ उल्लेखनीय छ। यो गीत केवल सुपर हिट मात्र होइन, चलचित्रको सफलताको जस समेत पाएको थियो। चलचित्रको लोकप्रियतामा यो गीतको ठुलो भूमिका रहेको छ।

यति बेला, समिक्षाले अर्को चलचित्रको गीतमा स्वर दिएकी छन्। वसन्त निरौलाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘ज्वाइँ साब’का लागि उनले गायक निशान भट्टराईसँग मिलेर ‘कसम बत्तीको’ बोलको रोमान्टिक गीतमा आवाज दिएकी छन्। यादव लम्सालको शब्द र अर्जुन पोखरेलको सङ्गीतमा रहेको यो गीतले पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

चलचित्रका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई यस गीतमा फिचरिङ गरिनेछ। यो चलचित्र हाल पोस्ट प्रोडक्शनमा छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu