स्वाकनको आर्ट क्याम्प सम्पन्न



बनेपा।काठमाडौंको सेतोपुलस्थित स्वाकन इन्टरनेशनल अस्पतालले साउन २४ र २५ गते काभ्रेको बनेपा-६ मा रहेको माइलहाई हस्पिटालिटी परिसरमा दुई दिने आर्ट क्याम्प तथा कार्यशाला आयोजना गर्‍यो। काठमाडौंबाट गएका सात जना कलाकारहरू जया शर्मा, विभूषण ताम्राकार, किशोर नकर्मी, जुजुकाजी श्रेष्ठ, प्रकाश मानन्धर, रेणुका महर्जन र सपना पौडेलले कार्यक्रममा सक्रिय सहभागिता जनाए।

“संस्कृति र प्रकृति” को अवधारणामा आधारित यस कार्यशालाको पहिलो दिन कलाकारहरूले आयोजनास्थल नजिकै रहेको गोशाइँथानको भ्रमण गरे भने साँझमा आयोजित कला छलफलमा आफ्नो विचार र अनुभव साझा गरे। दोस्रो दिन कलाकारहरूले माइलहाईको सुन्दर वातावरणमा बसेर विभिन्न आकर्षक चित्रहरू सिर्जना गरे, जसले कार्यशालालाई थप रङ्गिन बनायो।

कार्यक्रम संयोजक सुव्रत आचार्यका अनुसार, “कलाकारहरूले समाजमा इज्जत र सम्मान पाउनु पर्छ र त्यसको कमी अहिले देखिन्छ। यसै कारण यस्ता कला कार्यक्रमहरूको आयोजना गरी कलाकारहरूको सम्मान गर्दै, भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रमहरू गरिने योजना छ।”

स्वाकन इन्टरनेशनल हस्पिटलकी निर्देशक डा. मिनल्मा पाण्डेले आफ्नो कलाप्रतिको लगाव व्यक्त गर्दै भनिन्, “मलाई सानैदेखि चित्रकला सिर्जनामा रुचि थियो र यदि चिकित्सा पेसा नअँगालेको भए म चित्रकार नै हुन्थेँ होला। यस पटकको आयोजनाले आगामी दिनमा अझै बढी कलाकारहरूको सहभागितामा यस्ता कार्यशालाहरू गर्ने हौसला मिलेको छ।” 

यस आर्ट क्याम्पले कलाकारहरूलाई प्रोत्साहन र सम्मान दिँदै, उनीहरूको सृजनशीलता प्रदर्शन गर्ने मञ्च प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu