‘ह्रस्व दीर्घ’को पहिलो गीतमा निता ढुङ्गाना र हरिहर अधिकारीको शानदार प्रस्तुति



काठमाडौं। संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। नाग पञ्चमीको अवसरमा सार्वजनिक गरिएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको यो गीतमा मुख्य कलाकार निता ढुङ्गाना र हरिहर अधिकारी फिचर्ड छन्।

गीतको सङ्गीत, शब्द र एरेञ्ज दुर्गेश थापाले गरेका हुन्, जबकि गायनमा उनले सदिच्छा कट्टेललाई साथ दिएका छन्। सार्वजनिक गीतको अडियो र भिडियो दुवै पक्षलाई निकै प्रशंसा मिलेको छ र सुष्मा सुनामको कोरियोग्राफीले यसलाई थप आकर्षक बनाएको छ।

‘ह्रस्व दीर्घ’लाई निता फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो, जसका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। चलचित्रमा हरिहर अधिकारी र निता ढुङ्गानासहित ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा अभिनेता हरिहर अधिकारीले लेखेका हुन्, भने पटकथा तथा संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरले मिलेर तयार पारेका हुन्। चलचित्रको छायाङ्कन बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले गरेका छन्। चन्द्र पन्तको यो नेपाली चलचित्र निर्देशनको पहिलो प्रयास हो, यद्यपि उनी यसअघि केही भोजपुरी चलचित्रको निर्देशन र करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका छन्।

निता ढुङ्गानाको लगानीमा बनेको यो चलचित्र नेपाली, तेलुगु, र हिन्दी गरी तीन भाषामा रिलिज हुने तयारीमा छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu