‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक: एसिड आक्रमणविरुद्धको कथा



काठमाडौं। आगामी भदौ २१ गतेदेखि प्रदर्शन हुने नेपाली चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। यस पोस्टरमा प्रमुख पात्रहरू पल शाह र पूजा शर्मा फिचर्ड छन्, जसले दर्शकहरूलाई आगामी कथानकबारे झल्को दिन्छ।

पोस्टरमा पल शाहलाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ, जबकि पूजा शर्मा आक्रोशित भावमा देखिन्छिन्। उनको चरित्रले कसैप्रति तीव्र रिस व्यक्त गरिरहेको देखिन्छ। पोस्टरको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारबाही गर’ भन्ने ब्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहलाई चित्रण गरिएको छ। यो दृश्यले चलचित्रको विषयवस्तु एसिड आक्रमणविरुद्ध रहेको सङ्केत गर्छ।

यसअघि, चलचित्रको पहिलो फस्ट लुकमा पल शाहको सोलो पोस्टरले राम्रो चर्चा पाएको थियो।

‘रावायण’को निर्देशन सुदर्शन थापाले गरेका छन्, भने निर्माणमा सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त सहभागिता रहेको छ। चलचित्रमा कार्यकारी निर्माता सुशन पाठक हुन्। यसमा पल शाह र पूजा शर्मासहित प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायत कलाकारहरूको अभिनय छ।

चलचित्रको एक्सनपूर्ण टिजर पनि सार्वजनिक भइसकेको छ, जसमा पल शाहको दमदार एक्सनको सबैले प्रशंसा गरेका छन्।

चलचित्रको कथा सुदर्शन थापाले लेखेका हुन्, शिवम अधिकारीले पटकथा लेखनमा साथ दिएका छन्। प्रदीप श्रीवास्तव र राज गौरवले मूल हिन्दी स्क्रिप्ट तयार पारेका हुन्। सौरभ लामाले छायाङ्कन गरेका छन् भने मिलन श्रेष्ठले सम्पादनको जिम्मा लिएका छन्। चलचित्रको साउण्ड डिजाइन प्रमोद श्रीनिवासनले गरेका छन्, जबकि सङ्गीत नीरज सिंह र रेवन आरती सिंहको रहेको छ। गीतमा नकासा अजिज, कुनाल गान्जावाला, र सोनु कक्करको स्वर समावेश गरिएको छ। डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवले गीतको शब्द लेखेका छन्।

चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu