आर्यन र केकीको दृश्यबाट ‘के घर के डेरा: घर नम्बर २’ को छायाङ्कन सुरु



काठमाडौं। चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ को छायाङ्कन आजबाट गोदावरीमा सुरु भएको छ। ३० दिनको तालिकामा सुरु भएको छायाङ्कनको पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्य खिचिएको छ।

शनिवारदेखि चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत, र उपासना सिंह ठकुरी पनि छायाङ्कन सेटमा जोडिनेछन्।

चलचित्रको छायाङ्कन अघि भैसेपाटीको कार्य विनायक मन्दिरमा शुभ साइत गरिएको थियो। शुभ साइत समारोहमा चलचित्रका सम्पूर्ण कलाकार र प्राविधिक उपस्थित थिए।

चलचित्रमा प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, र बाल–कलाकार रुबिना घिमिरेको मुख्य भूमिका रहनेछ। चलचित्रको छायाङ्कन कृष्णबहादुर थापाले गर्दैछन्। 

सामाजिक विषयवस्तुलाई पर्दामा उतार्न लागिएको यस चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् भने लेखन बुद्धि सागरको रहेको छ। यस चलचित्रलाई यसै वर्ष रिलिज गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu