‘घरज्वाइँ’ लिएर जापान जाँदै मिरुना



काठमाडौं। अभिनेत्री मिरुना मगर आगामी अगस्ट ११ तारिखमा जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको चलचित्र ‘घरज्वाइँ’को विशेष प्रदर्शनमा सहभागी हुन जापान जाँदैछिन्। नेपाल मगर सङ्घ जापानद्वारा आयोजित यस विशेष प्रदर्शन कार्यक्रम जापानभर फैलिनेछ।

टोकियोमा अगस्ट ११ मा, नागोया र ओसाका सहरमा अगस्ट १४ मा, साथै सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, र ओकिनावा लगायतका अन्य सहरहरूमा पनि ‘घरज्वाइँ’ प्रदर्शन गरिनेछ।

जापानमा बसोबास गर्ने करिब दुई लाख नेपाली दर्शकहरूको अनुरोधलाई ध्यानमा राख्दै मिरुनालाई कार्यक्रममा सहभागी गराउन निमन्त्रणा गरिएको नेपाल मगर सङ्घ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगरले बताए। टोकियोमा हुने शोमा जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी र उनको परिवारको उपस्थिति रहनेछ, साथै एनआरएनए लगायतका विभिन्न संघसंस्थाहरूको सहभागिता पनि रहने जानकारी प्राप्त भएको छ।

‘घरज्वाइँ’ रुकुम पूर्वको तकसेरा, बाच्चिगाउँ, र लुगुम गाउँमा छायाङ्कन गरिएको हो, जसले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उजागर गर्छ। अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माणमा बनेको यस चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेका छन्।

नेपालमा गत असार २८ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र आजबाट ५औँ हप्तामा प्रवेश गरेको छ र नेपाल बाहेक विभिन्न देशहरूमा पनि यो चलचित्र प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu