‘नम्बरी सुन’ एकल प्रदर्शनमा, सुनको चन्द्रहार उपहार योजना



काठमाडौं। चलचित्र ‘नम्बरी सुन’ आज शुक्रवारदेखि एकल प्रदर्शनमा आएको छ। राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा गौरव पहारी र नम्रता सापकोटाले मुख्य भूमिका निर्वाह गरेका छन्।

यो चलचित्रलाई दर्शकको ध्यान खिच्न र व्यापारिक सफलताका लागि निर्माण टोलीले विशेष योजना सार्वजनिक गरेको छ। चलचित्रको टिकट खल्ती एपबाट किन्ने पाँच जना र सिनेमा हलमै गएर टिकट किन्ने सात जनालाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने घोषणा गरिएको छ। यो उपहार ‘लक्की ड्र’ मार्फत प्रदान गरिनेछ, जसको जानकारी प्रस्तुत कर्ता नारायण खातीले दिएका छन्। निर्माण टोलीलाई आशा छ कि सुन उपहार योजनाले चलचित्रको व्यापारमा उल्लेखनीय वृद्धि गर्नेछ।

चलचित्रमा राजाराम पौडेल, राजेन्द्र खड्गी, सरोज खनाल, सविन बास्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, कङ्गना गिरी, राजेन्द्र गिरी, र अस्मिता न्यौपानेको समेत अभिनय रहेको छ। चलचित्रको निर्माणमा सरोज खाती, सविन खाती, र मनोज रिजाल छन्।

यो चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व, र गौतमराज खड्काको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu