चलचित्रका केही स्टारहरूलाई अत्यधिक रकम दिँदा विभाजन हुन्छ: अरशद वारसी



बलीवुडमा पछिल्लो समयदेखि कलाकारहरूको अनावश्यक माग र बढेको शुल्कको विषयमा बहस चलिरहेको छ। यस विषयमा अरशद वारसीले पनि आफ्नो धारणा व्यक्त गरेका छन्। अरशदले कलाकारहरूबिचको शुल्कमा असमानताबारे कुरा गरेका छन्। उनका अनुसार केही स्टारहरूलाई अत्यधिक रकम दिइँदैछ।

एक अन्तर्वार्तामा अरशद वारसीले उद्योगमा पाउने शुल्कमा असमानताबारे प्रतिक्रिया दिएका हुन्। वारसी भन्छन्, “मलाई लाग्छ, यो जति धेरै दिइँदैछ, दिइनु हुँदैन। केही कलाकारहरूको बढेको शुल्कले उद्योगमा ए र बी बिचको विभाजन रेखा खिचेको छ।”

वारसीले थपे, “यो अवस्था उद्योगमा कलाकारहरूबिच विभाजनको कारण बन्छ, जसले ती व्यक्तिहरूलाई प्रतिकूल असर पार्छ, जो आर्थिक रूपमा त्यति भाग्यमानी छैनन्। केही कलाकारहरू धेरै पैसा कमाइरहेका छन्  उनीहरूलाई तिर्नका लागि बाँकीका मानिसहरू समस्यामा छन्।”

अरशद ती कलाकारहरू मध्येका हुन्, जसले तीन दशकभन्दा लामो करियरमा ‘मुन्ना भाइ एमबिबिएस’, ‘गोलमाल’ र ‘इश्किया’ जस्ता थुप्रै चलचित्रहरूमा सम्झनायोग्य भूमिका निर्वाह गरेका छन्। वर्क फ्रन्टको कुरा गर्दा, अरशद वारसी ‘जोली एलएलबी ३’ र ‘वेलकम टु द जङ्गल’ जस्ता चलचित्रहरूमा देखापर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu