अस्ट्रियामा खतरा बढेपछि अमेरिकी गायिका टेलर स्विफ्टका तीन वटा कन्सर्ट रद्द



अस्ट्रियन राजधानी भियना सहरमा अमेरिकी गायिका टेलर स्विफ्टका तीन वटा कन्सर्टहरू अचानक रद्द गरिएको छ। यो निर्णय दुई जना व्यक्तिहरूलाई पक्राउ गरिएपछि गरिएको हो, जसको सम्बन्ध आईएसआईएस प्रेरित आतङ्कवादी योजनासँग रहेको अन्तर्राष्ट्रिय मिडियाहरूमा खबर छ।

अस्ट्रियन अधिकारीहरूले १९ वर्षीय एक संदिग्धलाई टर्निजबाट पक्राउ गरेका छन् जसले आईएसआईएसलाई निष्ठा जनाएका थिए। १९ वर्षीय व्यक्तिको घरमा विभिन्न रासायनिक पदार्थ र सामग्री फेला परेको थियो। योजनामा रहेका आक्रमण स्विफ्टका कन्सर्टलाई लक्षित गरिएको पाइएको जनाइएको छ।

अस्ट्रियन अधिकारीहरूले सार्वजनिक सुरक्षालाई प्राथमिकता दिन कन्सर्टहरू रद्द गर्ने निर्णय गरेको जनाएका छन्। कन्सर्टको टिकट आगामी १० दिन भित्र रकम फिर्ता गरिने बताइएको छ। टेलर स्विफ्टको ‘एराज टुर’ जारी रहनेछ र आगामी शोहरू लन्डन र क्यानडामा  हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu