‘नरसिंहा: अवतार’बाट राजेश हमालको कम ब्याक



काठमाडौं। निर्देशक दिवाकर भट्टराईको आगामी चलचित्र ‘नरसिंहाः अवतार’ निर्माण घोषणा गरिएको छ। यससँगै सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्र युद्ध र शान्तिको विषयवस्तुमा आधारित हुने सङ्केत गरेको छ। पोस्टरमा रातो (आगो) र निलो (पानी) रङ्गको प्रयोगले द्वन्द्व प्रधान कथाको आभास गराएको छ, जहाँ नरसिंहको उग्र अवतार देख्न सकिन्छ।

चलचित्रको मुख्य आकर्षण भने महानायक राजेश हमालको कम ब्याक हो, जो लामो समयपछि फिचर चलचित्रमा अभिनय गर्न लागेका छन्। हमालले आइतबार निर्माण पक्षसँग औपचारिक सम्झौता गर्दै यस चलचित्रमा आफ्नो भूमिका सुनिश्चित गरेका छन्। आठ वर्षपछि सेतो पर्दामा फर्कँदै गरेका हमाल र उनका प्रशंसकका लागि यो चलचित्र विशेष हुने निश्चित छ।

यद्यपि, चलचित्रको कथाबारे हालसम्म केही खुलाइएको छैन। निर्देशक भट्टराईको प्रस्तुति रहने यस चलचित्रमा हमालको अपोजिटमा को अभिनय गर्ने भन्नेबारे पनि खुलासा गरिएको छैन। तीन करोडभन्दा बढी लगानी हुने यो चलचित्रलाई दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu