‘नम्बरी सुन’ चलचित्रको भूमिकाबारे के भन्छन् सरोज खनाल ?



काठमाडौं। अभिनेता सरोज खनाल यो शुक्रवार रिलिज हुन लागेको चलचित्र ‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदै छन्। यस चलचित्रमा उनले युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअपमा अभिनय गरेका छन्, जुन उनका अघिल्ला चलचित्रहरू ‘पञ्चायत’ र ‘मोदीबेनी’मा निभाएका भूमिकाहरूभन्दा फरक रहेको छ।

यस विषयमा सरोज भन्छन्, “अघिल्ला चलचित्रहरूमा मलाई बुढो मुखियाका रूपमा देखाइएको थियो, तर ‘नम्बरी सुन’मा फरक युवा गेटअपमा देखिन्छ।” सरोजका अनुसार, ‘नम्बरी सुन’मा उनको चरित्र क्रूर नभएर मायालु र संवेदनशील छ। चलचित्रमा मुखियाको एउटा मायालु परिवार छ, जसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ। चलचित्रमा सुन बनाउने कामको सुरुवात मुखियाको घरबाट हुन्छ र कथा अगाडि बढ्दै जाँदा समय र परिस्थितिले उनलाई केही क्रूर बनाउँछ। उनले ट्रेलरमा आफूलाई रुँदै गरेको दृश्य उल्लेख गर्दै भने, “क्रूर मान्छे यसरी कहिल्यै पनि रुँदैन।”

चलचित्रमा फरक-फरक चरित्र निभाउँदा सरोजले रमाइलो अनुभव गरेका छन्। उनले भने, “कलाकारको पहिचान भनेकै जस्तो देखिन्छ, त्यस्तै भूमिका निभाउनु हो। मलाई सजिलो हुने जनराको मात्र चलचित्र गरे भने म कलाकार नै होइन।” सरोजको कामप्रतिको प्रतिबद्धता कहिलेकाहीँ निर्देशकहरूसँग असमझदारीको कारण पनि बन्यो। उनले भने, “कतिपय निर्देशकहरू मलाई ओभरटेक गर्न खोज्छ भन्ने बुझाइ राख्छन्, तर मेरो भूमिका मेन क्यारेक्टरलाई ‘बुस्ट अप’ गर्नकै लागि हुन्छ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu