‘मिस्टर नेपाल २०२४’ का ३८ प्रतियोगी प्रशिक्षणमा



काठमाडौं। ‘मिस्टर नेपाल २०२४’का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन्। देशभर आयोजित अडिसनमा हजारौँ सहभागीबाट छानिएका यी ३८ प्रतियोगीले विभिन्न प्रशिक्षण लिइरहेका छन्।

छानिएका प्रतियोगीहरूमा विशेष खड्गी, पीयूष श्रेष्ठ, नवराज प्रसाईँ, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी (नेपालगन्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमङ्ग आचार्य (हेटौँडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी अदनान हलवाई, विश्व बराइली (नेपालगन्ज), दीपेश चौधरी (धनगढी), पिन्टु सान्याल (विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे (विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ), सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान (विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आबिस्कर खड्का (बुटवल), सुभम बर्नवाल, र अनिकेत प्रजापति (नेपालगन्ज) रहेका छन्।

प्रशिक्षणका क्रममा प्रतियोगीहरूले स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायत दर्जन बढी विषयमा प्रशिक्षण लिइरहेका छन्। नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाका अनुसार, देशभर छरिएका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरको साथै नगद पुरस्कार र विभिन्न गिफ्टहरू जित्न सक्नेछन्, भनी नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन्।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित रूपमा आयोजना हुँदै आएको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu