चलचित्र ‘के घर के डेराः घर नम्बर २’का मुख्य कलाकारहरू फाइनल



काठमाडौं। साउन २५ गतेबाट छायाङ्कन सुरु हुने चलचित्र ‘के घर के डेरा: घर नम्बर २’का मुख्य कलाकारहरूको चयन पूरा भएको छ। प्रमुख भूमिकामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, र आर्यन सिग्देल रहेका छन्। साथै, मुख्य दुई नायिकाका रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी पनि फाइनल भएका छन्।

केकी अधिकारीले ‘बोक्सीको घर’ ब्लकबस्टर बनेपछि र उपासना सिंह ठकुरीले ‘खुस्मा’को छायाङ्कन सकेपछि यो चलचित्रमा काम गर्न लागेका हुन्। दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रको कथा वुद्दिसागरले लेखेका छन्। 

चलचित्र ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुँदैछ, जसमा शरद श्रेष्ठ, किरण महर्जन, र राजीव श्रेष्ठको लगानी रहेको छ। कार्यकारी निर्माता युवराज कार्की हुन्। 

चलचित्रको वितरण काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछन्। चलचित्रलाई यसै वर्ष रिलिज गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu