अमेरिकाको कम्पनी एटमुनद्वारा नेपाली-हिन्दी फ्युजन गीत ‘झ्याइँ’ निर्माण, न्यूयोर्कको टाइम्स स्क्वायरमा देखाइने



काठमाडौं। अमेरिकाको प्रोडक्सन कम्पनी ‘एटमुन’ले नेपाली र हिन्दी फ्युजनको नयाँ गीत ‘झ्याइँ’ निर्माण गरेको छ, जुन अगस्ट ९ मा न्युयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिने छ।

मिडिया रिपोर्टका अनुसार लगभग १० करोड रुपैयाँ खर्चेर बनेको यो गीतमा मन्जयाश्री भट्ट र देव नेगीले स्वर दिएका छन्। गीतमा नेपाली चर्चित लोकगीत समेटिएको छ र मन्जयाश्री आफैँ भिडियोमा देखिएकी छिन्। 

गीतको सिनेमेटोग्राफी बलिउडका चर्चित सिनेमेटोग्राफर विनोद प्रधानले गरेका हुन्। गीतको भिडियो कन्सेप्ट अनुसार भट्टले तयार पारेकी हुन्। साउन्ड इन्जिनियरिङ राहुल शर्माले गरेका छन्, जसले मुम्बईमा बसेर बलिउडका ठुला प्रोजेक्टहरूमा काम गरिसकेका छन्। कोरियोग्राफी बोस्को सिजरले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu