दक्षिण अफ्रिकी अभिनेत्री कोनी चिउमेको ७२ वर्षको उमेरमा निधन भएको छ। जोहान्सबर्गको गार्डेन सिटी अस्पतालमा मंगलबार उनको निधन भएको परिवारले इन्स्टाग्राम मार्फत जानकारी दिएको हो।
उनले हलिउड चलचित्र “ब्ल्याक प्यान्थर,” “ब्ल्याक प्यान्थर: वाकाण्डा फरेभर,” र बियोन्सेको “ब्ल्याक इज किङ” मा अभिनय गरेकी थिइन्। चिउमेले १९७७ मा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् र १९८९ को सिरियल “इनकोम’ एडला योद्वा” मा थेम्बीको भूमिकाका लागि पहिचान प्राप्त गरिन्।
उनले “रिदम सिटी,” “सोल सिटी,” र “जोन १४” लगायत विभिन्न परियोजनाहरूमा अभिनय गरिन्। उनले २००० मा एनटिभिए अवान्टी अवार्ड र २००९ मा साफ्टा पुरस्कार जितेकी थिइन्। चिउमेका चार सन्तान छन्।