‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक, पूर्व प्रधानमन्त्री माधव नेपालसहित मुख्य कलाकारहरू



काठमाडौं। सत्य घटनामा आधारित नेपाली चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ, जसमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित चलचित्रका मुख्य कलाकारहरू देखिएका छन्। यो चलचित्र भदौ ७ गते प्रदर्शनमा आउने तय भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको समावेश रहेको पोस्टर सार्वजनिक गरिएको थियो।

रमित ढुङ्गानाको निर्देशन तथा निर्माणमा बनेको ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ। चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ। यस चलचित्रको कथा शिवम् अधिकारीले लेखेका हुन् र पटकथा लेख्न दुई वर्षभन्दा बढी समय लागेको थियो।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ। मुख्य भूमिकामा धेरै नयाँ कलाकारहरू देखिनेछन् भने सुरवीर पण्डित र सुनिल कटुवाल जस्ता पुराना अनुहारहरू पनि रहनेछन्।

चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधव नेपालले विशेष भूमिका निभाएका छन्। साथै, प्रहरी उपरीक्षक द्वय बालनर सिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरी कर्मचारीहरूको अभिनय पनि रहेको छ। सांसद द्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि चलचित्रमा अभिनय गरेका छन्।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu