चियान विक्रमको जीवन परिवर्तन गर्ने दुर्घटना, चिकित्सकले दिएका थिए खुट्टा काट्ने सुझाव



दक्षिण भारतका सुपरस्टार चियान विक्रमको आगामी चलचित्र ‘तंगलान’को अडियो लञ्च इभेन्ट हालै चेन्नईमा सम्पन्न भयो। यो अवसरमा विक्रमले आफ्नो जीवनमा भएको घटनाको चर्चा गरे, जसले उनको जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदियो।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, विक्रमले भने कि जब उनी कलेजमा थिए र अभिनेता बन्ने प्रयास गरिरहेका थिए, त्यति बेला उनी एक भयानक दुर्घटनामा परेका थिए। उनी एक कलेज प्लेमा भाग लिँदै थिए, तर सो कार्यक्रम हुनु अघि नै उनको खुट्टा घुँडादेखि एडीसम्म चिरिएको थियो।

यस दुर्घटनापछि विक्रमले तीन वर्ष अस्पतालमा बिताउनु पर्‍यो र अवस्था यति गम्भीर थियो कि चिकित्सकहरूले उनको खुट्टा काट्न सुझाव दिएका थिए। अन्ततः, २३ वटा शल्यक्रिया गरेपछि उनको खुट्टा निको भयो, तर समय-समयमा उनलाई सङ्क्रमणको समस्या भइरहेको थियो। यी सबै बाधाहरूको बाबजुद पनि, विक्रमले आफ्नो लक्ष्यबाट कहिल्यै हार मानेनन्।

यो इभेन्टमा विक्रमले ‘तंगलान’को सेटमा भएको अर्को घटनाको पनि चर्चा गरे। उनले बताए कि एक एक्सन दृश्यको सुटिङका क्रममा उनको पसलि टुटेको थियो, तर पनि उनले फिल्मको सुटिङ जारी राखे। विक्रमले आगामी फिल्म ‘SSMB29’को बारेमा पनि कुरा गरे, जसमा उनी निर्देशक राजामौली र महेश बाबुसँग देखिन सक्नेछन्। विक्रमले एक मिडिया अन्तर्क्रियामा भने कि राजामौली उनका राम्रो मित्र हुन् र उनीहरू कुनै न कुनै दिन एकसाथ फिल्म बनाउने योजना गर्दैछन्।

फिल्म ‘तंगलान’का लागि विक्रमले आफूलाई पूर्ण रूपमा परिवर्तन गरेका छन्। पा रञ्जित निर्देशित यो फिल्म १५ अगस्टमा पाँच भाषामा रिलिज हुनेछ। यसमा विक्रमसँगै मालविका मोहनन, पशुपति र हरि कृष्णन जस्ता कलाकारहरू पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्मको कथा कोलार गोल्ड फिल्ड्सको वास्तविक इतिहासमा आधारित छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu