‘सन अफ सरदार २’बाट हटेका छैनन् सञ्जय दत्त, यूकेले दिएन भिसा



सन् २०१२ को बलिउडको हिट चलचित्र “सन अफ सरदार”को सिक्वेल “सन अफ सरदार २” को छायाङ्कन चाँडै नै सुरु हुने भएको छ। यस चलचित्रमा अजय देवगण, सञ्जय दत्त र मृणाल ठाकुर मुख्य भूमिकामा छन्।

हालै आएका रिपोर्टहरूमा सञ्जय दत्तलाई युके भिसा अस्वीकृत भएको कारण चलचित्रबाट निकालिएको र उनको ठाउँमा रवि किशनलाई राखिएको भन्ने थियो। तर, भारतीय मिडिया दैनिक भास्करले स्रोतको हवाला दिँदै यो खबर हल्ला मात्र भएको लेखेको छ।

सञ्जय दत्तलाई सन् १९९३ को बम विस्फोट घटनामा संलग्न भएको आरोपमा धेरै पटक युके भिसाको लागि आवेदन दिँदा अस्वीकृत गरिएको छ, जसले गर्दा उनले युकेमा छायाङ्कन गर्न सम्भव छैन। त्यसैले उनी भारतमै आफ्नो भागको छायाङ्कन गर्नेछन्।

अजय देवगणले मङ्गलवार चलचित्रको छायाङ्कन सुरु भएको आधिकारिक घोषणा गरेका छन् र सञ्जय दत्तसँगै रवि किशनलाई पनि आफ्नो पोस्टमा ट्याग गरेका छन्, जसले यो स्पष्ट हुन्छ कि दुवै जना चलचित्रमा देखिनेछन्।

चलचित्रमा चंकी पाण्डे र सञ्जय मिश्रजस्ता अन्य ठुला अनुहारहरू पनि सामेल छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu